Wednesday, April 6, 2016

'नेपाली साहित्य उच्च बर्गवरिपरि'

नेपाली साहित्य मार्क्सबादी सौन्दर्य भित्र्याउन चितवनमा बहस भएको छ। प्रगतिशील लेखक संघ चितवनले साहित्यलाई नयाँ ढंगले अगाडि बढाउन बहस सुरु गरेको हो। बीसौं पारिजात स्मृति दिबसको उपलक्ष्यमा शनिबार यो कार्यक्रम गरिएको हो।
मार्क्सबादी चिन्तनभन्दा पर साम्यबादी सोचमा लेखिएका कृतिहरुले समाज परिबर्तन गर्न नसक्ने धारणा लेखक आहुतीले राखे।
'उही उच्च जात, बर्गहरुको वरिपरि नेपाली साहित्य घुमिरहेको छ' ऊनले भने , 'अब पछाडि परेका, हेपिएका थिचिएका बर्गका कथा त तिनका सौन्दर्यतालाई लेखकहरुले माथि उठाउनुपर्छ।'
साहित्यमा मार्क्सबादको सौन्दर्य कसरी छर्ने भन्ने बिषयमा सगभागिहरुले पटकपटक प्रश्न गरे। 'सुन्दर र असुन्दर भन्ने कुरा बिचारबाट निर्देशित हुन्छ, बाहुन क्षेत्रीका छोरीको बदामी आँखा र चुच्चो नाकमा सुन्दर देखिने र तिनको बयानले मात्र उपन्यास उम्दा हुँदैन, चिम्सा आँखा भएका जनजाति र काला रंग भएका मधेशी युबतिको सुन्दरता पनि उपन्यासमा छरिनुपर्छ' आहुतीले भने।
समालोचक युग पाठकले पनि साहित्यमा बर्तमान समय सापेक्ष चल्नुपर्ने औंल्याए।
'पुराना लेखनको धार त्यतिखेरको समयलाई मात्र सान्दर्भिक हुन्छन्, अबको पुस्ताका लागि यो पुस्ता सुहाउँदो नै कला, साहित्य सिर्जना हुनुपर्दछ।' त्यही धार चिर्न 'उर्गेनको घोडा' उपन्यासमा तामाङ् युबतिलाई पात्र बनाएको जिकिर उनले गरे।
'उपन्यास भनेको पूँजिबादी समाजको उपज हो' पाठकले भने, 'साहित्य सिर्जना पनि हो जहाँ सबैले आफ्ना तथ्य प्रयोग गर्न खोज्छन्।'
बहस सत्रअघिको उद्घाटन सत्रमा समालोचक डिआर पोखरेललाई सम्मान गरिएको थियो। साहित्यक्षेत्रमा लामो समय योगदान गरेको भन्दै उनलाई दोसल्ला र कदरपत्रले प्रगतिशिल लेखक संघका केन्द्रिय अध्यक्ष अमर गिरिलर सम्मानित गरेका हुन्। 

साभार : चाँदनि हमाल नागरिक दैनिक पत्रिका - बैशाख २१

No comments:

Post a Comment