Thursday, January 25, 2018

समाजवादी लेखक सङ्घ स्थापना


बदलिएको नेपाली समाजको चरित्र र आवश्यकतालाई मध्यनजर गर्दै समाजवादी साहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ समाजवादी लेखक सङ्घ, नेपाल गठन भएको छ ।
विहिबार राजधानीको कोटेश्वरमा भएको भेलाले सङ्घ गठन गरी सामूहिक नेतृत्वका आधारमा सञ्चालन हुने गरी समिति निर्माण गरेको सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिमा उपन्यासकार तथा कवि विष्णु भण्डारी, कवि शकुन्तला जोशी, कवि तथा पत्रकार कला अनुरागी, कवि तथा पत्रकार शैलज पौडेल, रङ्गकर्मी तथा लेखक केदार श्रेष्ठ, कवि छम गुरुङ र कवि कृष्णकिसु न्यौपाने रहेका छन् ।
हजारौँ जनताको सहादतपछि सत्तामा पुगेको कम्युनिष्ट पार्टीको नेतृत्वसमेत समाजवादी सपनाबारे दिग्भ्रमित र दिशाहीन भएको निक्र्यौलमा पुगेको सङ्घले उपभोक्तावादी संस्कृति मौलाउँदै जानु तथा स्वदेशी पुँजी र अर्थतन्त्रको ठाउँमा दलाल पूँजीलाई निर्धक्क प्रवेश र प्रश्रय दिइनुलाई चिन्ताको बिषय मानेको छ । त्यसले गर्दा पछिल्लो समय भूमण्डलीकृत पूँजीवादको स्वरूपमा देखा परेको साम्राज्यवादले खुल्ला मैदान पाएको सङ्घको बुझाई छ ।पटक–पटकको राजनीतिक सङ्घर्षपछि नेपाली समाज नयाँ मोडमा आइपुगेको सङ्घको निष्कर्ष रहेको छ । विज्ञप्तिमा भनिएको छ, ‘राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र स्थापना भएको छ भने नेपाली समाज सामन्तवादबाट पुँजीवादमा रूपान्तरण भएको छ । अबको गन्तव्य समाजवाद हो ।’ नेपालको संविधान, २०७२ ले नेपाललाई समाजवादउन्मुख राज्य मानेको र प्रस्तावनामै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने उल्लेख गरे पनि संविधान कार्यान्वयनको जिम्मेवारी लिएका सत्तासीन दलहरूसँग समाजवादी आदर्श, रणनीति, कार्यनीति र कार्ययोजना नदेखिएको सङ्घकोे विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो राजनीतिक विकासक्रमले नेपाली समाज सङ्घर्षको नयाँ चरणमा धकेलिएको विष्लेषण गर्दै दलाल पुँजीवाद र साम्राज्यवादसँग सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नु अबको कार्यभार भएको सङ्घले जारी विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त कार्यभार पूरा गर्ने आन्दोलनको उठान र विकासमा प्रतिबद्ध हुँदै माक्र्सवादी विश्वदृष्टिकोणमा आधारित समाजवादी साहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ समाजवादी लेखक सङ्घ, नेपाल स्थापना गरिएको सङ्घले घोषणा गरेको छ ।
https://www.ghatanarabichar.com बाट साभार 
========================================

विष्णु भण्डारीको फेसबुक अन्तर्वार्ता 

==========================================

समाजवादी लेखक सङ्घ, नेपालको प्रस्तावना

पटक–पटकको राजनीतिक संघर्षपछि नेपाली समाज नयाँ मोडमा आइपुगेको छ । राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र स्थापना भएको छ भने नेपाली समाज सामन्तवादबाट पुँजीवादमा रूपान्तरण भएको छ । अबको गन्तव्य समाजवाद हो । नेपालको संविधान, २०७२ ले नेपाललाई समाजवादउन्मुख राज्य मानेको छ र प्रस्तावनामै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने उल्लेख गरिएको छ । तर संविधान कार्यान्वयनको जिम्मेवारी लिएका सत्तासीन दलहरूसँग समाजवादी आदर्श, रणनीति, कार्यनीति र कार्ययोजना देखिँदैन । हजारौँ जनताको सहादतपछि सत्तामा पुगेको कम्युनिष्ट पार्टीको नेतृत्वसमेत समाजवादी सपनाबारे दिग्भ्रमित र दिशाहीन भएको छ । उपभोक्तावादी संस्कृति मौलाउँदो छ । स्वदेशी पुँजी र अर्थतन्त्रको ठाउँमा दलाल पूँजीलाई निर्धक्क प्रवेश र प्रश्रय दिइएको छ । पछिल्लो समय भूमण्डलीकृत पूँजीवादको स्वरूपमा देखा परेको साम्राज्यवादले खुल्ला मैदान पाएको छ । यसो हुँदा नेपाली समाज सङ्घर्षको नयाँ चरणमा धकेलिएको छ । दलाल पुँजीवाद र साम्राज्यवादसँग सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नु अबको कार्यभार हो । यो कार्यभार पूरा गर्ने आन्दोलनको उठान र विकासमा प्रतिबद्ध हुँदै माक्र्सवादी विश्वदृष्टिकोणमा आधारित समाजवादी साहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ समाजवादी लेखक सङ्घ, नेपाल स्थापना गरिएको घोषणा गर्दछौँ ।
१. विष्णु भण्डारी 
२. शकुन्तला जोशी
३. कला अनुरागी 
४. शैलज पौडेल
५. केदार श्रेष्ठ
६. छम गुरुङ



https://m.facebook.com बाट साभार 


No comments:

Post a Comment