Saturday, August 6, 2016

नरेन्द्र चापागाईं – छोटो स्मृति - लीला उदासी


मान्छे कस्तो होस् ! यस प्रश्नका अनेक उत्तर हुन सक्छन् । त्यस्ता उत्तरहरू, उत्तर दिनेहरूको दृष्टिकोणका आधार बन्न सक्छन् । यस प्रश्नमा मेरो उत्तर भने यस्तो रहनेछ – “मान्छे सरल होस् ! ऊ मेहनती होस् ! आडम्बर र घमन्डी पटक्क नहोस् ! उसको समग्रतामा सादापन रहोस् ! ” यो त केवल मेरो चाहना हो । एउटाको चाहनाअनुसार �� ्याक्ककै मिल्ने मान्छे त कहाँ हुन्छ र ? 

मैले चाहना राखेका धेरै गुणले सम्पन्न मान्छे पाएको थिएँ, नरेन्द्र चापागाईंलाई । नरेन्द्र चापागाईंसँग मेरो भेटघाट र सम्पर्क छोटो रहयो । त्यो सङक्षिप्त सम्पर्कले उहाँले मभित्र अलिक फराकिलो स्थान निर्माण गर्नुभयो । उहाँको सादापन र ज्ञानको गहिराई तथा साधनारत प्रवृत्तिले मलाई लोभी बनाएको थियो र उहाँसँगको कुराकानीबाट म प्रेरित हुन्थें र आफूमा अलिक ऊर्जा बढेको बोध गर्थें । लाग्थ्यो, नरेन्द्र चापागाई यस मुलुकको भिन्नै स्वभावको र पहिचानको स्रष्टा हुनुहुन्छ – वाङमयका अमूल्य निधि हुनुहुन्छ । 

धेरै अगाडिदेखि म उहाँको नामबाट परिचित थिएँ, तर २०५० साल तिरबाट मात्र उहाँसँग मेरो औपचारिक परिचय भयो र त्यसपछि झापामा साहित्यिक कार्यक्रममा निकैपल्ट भेट भयो । सँगै-सँगै बसेर केही कार्यक्रमहरूमा पनि हामी सरिक भयौ । यी भेटहरूमा झन् – झन् मलाई उहाँले आर्कर्षित गरिराख्नुभयो र म उहाँको स्वभावको, लेखनको , प्रवृतिको प्रशंसक बनिरहँि ।
जब म नरेन्द्र चापागाईलाई सम्झन्छु तब सधैँ एउटा संस्मरण मेरो मानस पटलमा अगाडि – अगाडि आउँछ । २०५२ बैशाख जस्तो लाग्छ, प्रगतिशील लेखक सङ्घको दुई दिने एउटा कार्यक्रम थियो झापामा । त्यो केन्द्रको कार्यक्रममा एउटा गोष्�� ी सम्पन्न भएको थियो । त्यस गोष्�� ीमा ‘ मार्क्सवादी सौन्दर्य र आजको साहित्य’ विषयका दुईवटा कार्यपत्र प्रस्तुत भएका थिए । कार्यपत्रमाथि टिप्पणी गर्ने जिम्मा नरेन्द्र चापागाईले पाउनुभएको थियो । म त्यतिबेला झापाको प्रगतिशील लेखकसङ्घ तदर्थ समितिको संयोजक थिएँ । कार्यक्रम चल्दैथियो । कार्यपत्र प्रस्तुत भैसकेर डा. चापागाईले टिप्पणी शुरूमात्र गर्नुभएको थियो । त्यहाँ उहाँका लागि भनेर हामीले एउटा अशुभ समाचार प्राप्त गर्यौ।

“सुरूङ्गामा उहाँका पितासमेत बस्नुभएको धर आगलागीमा परेको छ । सबै गाउँले भएर आगो नियन्त्रणमा ल्याउने प्रयास भैरहेछ तर आगोले जितिरहेछ ।“ उहाँ बोल्न थाल्नुभएको छ – हामीले यो समाचार प्राप्त गर्‍र्यौ । हामी बिलखबन्दमा पर्‍र्यौ । उहाँलाई तुरून्तै भन्ने कि कार्यक्रम सकेपछि भन्ने कुरामा हाम्रो दुई मत भयो तर उहाँको घर जलिरहेछ, उहाँलाई बोल्न लगाइरहने र हामी उहाँको टिप्पणी सुनिरहने ? हामीले त्यो गर्न सकेनौं र उहाँलाई रोक्यौं । कार्यक्रम अरू हिसाबले सञ्चालन हुने भयो । उहाँलाई तत्काल सुरूङ्गा प�� ाउन जरुरी थियो । कुनै साधन तयार भएन । मैले त्यहाँ अलमल गर्न उचित �� ानिँन र मेरो मोटरसाइकलको पछाडि उहाँलाई बसाएर म सुरूङ्गातर्फ हुइकिएँ । त्यस दिनसम्म उहाँका पिता, उहाँका भाइहरूको बसोबास सुरूङ्गामा छ भन्ने कुरा मलाई थाहा थिएन । मैले बिर्तामोडको अतिथि सदनबाट सुरूङ्गा पुगुन्जेलसम्म धेरै कुरा सोचें । उहाँ पछाडि बस्नुभएको छ । बोल्न सक्नुभएको छैन । म बोलाउन सकिरहेको छैन । दुःख हेर्नपर्ने क्षण नआउनू जस्तो लाग्छ मलाई । आफूले भनेर कहाँ हुन्छ र ? घरमा आगो लागेको छ, केही समान जोगियो कि सबै सकियो ? बाल-बच्चा पनि परे कि ? गाई-वस्तु पनि डढे कि ? अन्नपात सबै गयो होला ! लत्ताकपडा, भाँडावर्तन सखाप भए होलान् ! यस्तै अनेकन् चित्रहरू मेरो मस्तिष्कमा यतिविध्न घुमे – म आफै अलिक भावुक बनेछु । मोटरसाइकल हाँक्नै मलाई त क�� िन लागिरह्यो । सबै सखाप भैसकेको होला , त्यहाँ कसरी प्रस्तुत हुन सक्नु ? यस्ता कुराले मलाई औधी चिथोर्योल । त्यो यात्रा मलाई साह्रै कष्टकर र लामो लाग्यो । मेरो मोटरसाइकल कुदन नसकेको जस्तो लाग्यो ।
सुरूङ्गा बजारबाट उत्तरतर्फ उहाँहरूको घर रहेछ । हामि पुग्दा साँच्चै सबै समाप्त भएको रहेछ । हामीले समाचार अलिक ढिलो पाएका रहेछौँ । मानिसहरू वरिपरि भिड भएका थिए । सबैका आँखामा पानी थियो । लाग्थ्यो, त्यो कुनै मसानघाट हो । भर्खर त्यहाँ कसैको दाहसंस्कार गरेपछिको खरानी वरिपरि मानिस रहेका छन् जस्तो थियो । घर त रहेन, , अन्नपात, लुगाफाटो, भाँडाकुँडा केही पनि रहेन । परिवारका सदस्यको आङमा भएका लुगाबाहेक केही रहेन । भरेदेखि हातमुख जोर्न, टाउको लुकाउने, केही उपाय छैन । स-साना नानीहरू पनि थिए । उनले भोक लाग्यो, जाडो भयो भन्दा उनलाई दिने कुनै जबाफसम्म पनि त्यो परिवारमा बाँकी थिएन ।

मलाई निकै छटपट लाग्यो । यता-उता हेरेँ । हिडेँ । उ�� ेँ । बसेँ । अनि मैले एउटा बलियो आधार, साधन र उपाय त्यहीं देखेँ । त्यहाँ झन्डै हजारौँ गाउँलेको भिड थियो । दुई हजारजति नै आँखामा परिवारकै जति पीडा थियो । लाग्थ्यो – त्यो घर जहाँ आगलागी भएको थियो – फगत चापागाई परिवारको मात्र त्यो घर थिएन । त्यो सारा गाउँलेको घर थियो । उनीहरू कुनै अर्थमा कम आहत थिएनन् । गाउँलेका आँखा, गाउँलेमा विरक्ति, गाउँलेको हैरानी हेरेर मैले आफैँलाई एउटा प्रश्न गरेँ – के यी गाउँलेहरू एक क्षणमा सबै हिँड्छन् । यो परिवारलाई यसै बिचल्ली पार्छन् ? नानीहरू भोकै – नाङ्गै रहन्छन् ? सबैले राती आँगनमा आकाशमुनि सुत्नुपर्छ ? मेरो मनले यस्तो मानेन । मलाई अन्तस्करणले जबाफ दियो – “ तँ बसेको पुङ-न-पुच्छरको सहर उन्मुख गाउँ जस्तो होइन यो गाउँ । तेरो समाज जस्तो स्वार्थी र अवसरवादी पनि छैन, यो समाज । “ नानीहरू सारा गाउँका नानीहरू हुन् । महिलाहरू सारा गाउँलेका आमा , भाउजू , दिदी र फुपूका रूपमा सम्मान पाउँछन् । चापागाईका पिता त सारा गाउँका पिता हुन् । आफै जबाफ भेटेपछि म अलिक ढुक्क भएँ । लाग्यो – “जस्तै परे पनि त्यो परिवारले आकाशमुनि सुत्नु पर्दैन । भोकै त बस्नुपर्दैन ।”

म लगभग दुई घण्टा त्यहाँ बसें । घर पुनःनिर्माण बारेमा अगुवा मित्रहरूसँग केही सरसल्लाह पनि भयो । का�� पातको जोहो गर्ने योजनामा छलफल भयो । त्यसपछि नरेन्द्र चापागाईले मलाई फर्केर जान भन्नुभयो । आफू त्यही परिवारसँग बस्ने भन्नु भएपछि म उहाँसँग , सबैसँग बिदा भएर फर्के । म फर्के, तर त्यो दृश्यले म पनि रित्तिएको थिएँ । नरेन्द्र चापागाईंको पिताको त्यो घरले धेरै दिनसम्म मेरो मस्तिष्कमा अड्डा जमाएर बस्यो ।

त्यसपछि उहाँसँगको भेटमा म अझै आत्मीय बनें । उहाँका गम्भीर कुराहरू मलाई सुनिरहन मन लाग्यो र रचनाहरूमा रहेका ओजले मलाई सधैँ प्रभाव छाड्थ्यो । अनेक दृष्टिले उहाँका रचनाहरूले महत्त्व पाँउथे । यस्ता सरल, निष्कपट र साधनारत व्यक्तित्वका विरुद्धमा मुटुको रोग आइलाग्यो । कालो दिन आयो, त्यो दिन एउटा स्रष्टाले हारेको र मृत्युले जितेको दिन ।

वास्तवमा मुलुकले एउटा प्रधानमन्त्री, मन्त्री सजिलै बनाउन सक्छ । महासचिव र पोलिटब्युरोका सदस्यहरू बनाउन सक्छ, तर नरेन्द्र चापागाईं बनाउन त्यति सजिलो छैन । एउटा क्षमतावान् र प्रतिभाशाली मान्छेले आफै श्रमरत भएर पचासौं वर्ष लाग्दा मात्र मान्छे नरेन्द्र चापागाईं बन्न सक्छ । अनि नरेन्द्र चापागाईंका कार्यहरूले समाजमा सयौँ वर्षपछि फूल फुलाउँछन् । नरेन्द्र चापागाईं आज हाम्रा माझ त हुनुहुन्न, तर उहाँको मृत्यु हुनै सक्दैन । उहाँका कार्यले उहाँलाई अमर बनाएका छन् ।

अन्त्यमा, साधनारत स्रष्टा, धर्तीपुत्र नरेन्द्र चापागाईलाई मेरो श्रद्धाका अञ्जलिहरू ।

http://www.lilaudasi.com.np बाट साभार 

No comments:

Post a Comment