Saturday, September 15, 2018

प्रलेस वारे मनमा लागेका केही कुरा - बलराम तिमिल्सिना


"प्रलेसलाई यो ऐतिहासिक कर्तव्य पूरा गर्न आवश्यक छ भन्नेहरूले चलाउने हो। आवश्यकता नदेख्नेले अनावश्यक समय खर्च गर्नुभन्दा स्वेच्छाले समाजहितको काम खोजी गरेर आफ्नो अमूल्य समयलाई मूल्यवान् बनाउन लगाउनु सबैका लागि हितकर हुन्छ। " प्रलेस अध्यक्ष मातृका पोखरेल 

*******
ल साथीहरू कुरा प्रष्ट आयो ।
• हालको प्रलेसलाई सामन्तवाद। साम्राज्यवाद विरोधी प्रगतिशील चरित्रको साझा संस्था बनाउँन सकिन्छ भनेर विश्वास गर्नेहरू प्रलेस बचाउँन लाग्नु पर्यो ।
• हैन एउटा पुरानो संस्था हो , केही गतिविधी गर्छ, यसो भलाकुसारी गर्ने थलो पनि हुन्छ ऐले राखौं भनेर बुझ्नेहरू पनि बचाउँनै कस्सिनु पर्यो ।
• अनि जसको आगामी सम्मेलनपछि पनि बहुमतमा हुने संभावना मजाले छ ती साथीहरू त प्रलेस छोडेर कतै जाने कुरा नै भएन । चित्त नबुझ्नेले छोडे हुन्छ भनेर नरम धम्की दिने हो र प्रलेसमाथि पकड जमाउँने रणनीति बनाउँन थाल्ने हो ।
• शङ्कट सत्ताधारी लेककहरूको होइन । वैचारिक शङ्कट आफूलाई क्रान्तिकारी भन्नेहरूको हो । क्रान्तिकारी पनि बन्नु पर्ने र आफैले गद्दार घोषणा गरेकाहरूसँग पनि काँध मिलाउँनु पर्ने द्वेध चरित्रको शङ्कट साना शक्तिहरूलाई हो ।
• प्रश्न सिधै प्रलेस चाहिन्छ कि चाहिदैन भन्ने होइन । प्रश्न त प्रगतिशीलता भनेको के हो र आजको प्रलेस त्यो बाटोमा छ छैन भन्ने हो ।
• प्रलेस वारे प्रश्न आज मात्रै उठेका होइनन् र आज उठेका प्रश्न हिजैका पनि होइनन् । आजका प्रश्न आजैका हुन ।
• मेरो व्यक्तिगत मतमा - अवको प्रलेस सारमा संसदीय पूँजीवादी राजनीतिक शक्तिका संगठित सदस्यहरूको दरो पकड भएको नाम मात्रको प्रलेस बन्ने पक्का छ । नाम प्रलेस हुनु ठूलो कुरा होइन ।नाम त आजको सरकारी पार्टीले पनि कम्युनिष्ट नै राखेको छ।
• क्रान्तिकारी तथा प्रगतिशील लेखक साहित्यकारहरूले दक्षिणपन्थसँग पिण्ड पानी छुट्याउँने हिम्मत गर्नु अहिलेको ज्वलन्त माग हो ।
• तत्काल प्रलेसमा क्रान्तिकारीहरूको पकड हुने संभावना ज्यादै न्युन भएकोले त्यो संस्था सरकारी लेखकहरूलाई छोडिदिएर अर्को वैकल्पिक संस्था गठनतिर बहस सुरु गर्न ढिला भैसकेको छ।
• दक्षिण पन्थको चरम रुपलाई पनि समाजवादको महान यात्रा भनेर भ्रम सिर्जना गरिरहेका लेखक साहित्यकारसँग बसेर कस्तो प्रगतिशील आन्दोलन चल्छ ?
• हिजो राजतन्त्र थियो , अरु कुरा नमिले पनि गणतन्त्र साझा मुध्दा थियो र त्यो मान्नेहरूलाई प्रगतिशील मान्न सकिन्थ्यो ।
• अव फासिवादको प्रारम्भिक अभ्यासमा रहेको दलाल संसदीय गणतन्त्रको भण्डाफोर र समाजवादी क्रान्ति साझा लक्ष हुनु पर्नेमा लेखक साहितूयकारहरूको ठूलो भिड यही व्यवस्थाको जयजयकारमा लागेको र अव बन्ने प्रलेसमा पनि त्यो प्रवृत्तिको बहुमत हुने हुनाले क्रान्तिकारीहरूले विकल्प वारे सोच्नै पर्छ। 
• हिजो माओवादी केन्द्र नामको एउटा घटकले नाम मात्रले भने पनि एमालेसँग फरक प्रवृत्तिको प्रतिनिधित्व गरेजस्तो केही समय देखिएको थियो। आज त्यो पनि टोपी झिकेर एमालेको भान्सामा थाल थापेर बसेको अवस्था छ ।
• यो वेला नेकपा माओवादी क्रान्तिकारी, विद्रोही नेकपा, नेपाल मजदूर किसान पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल संवध्द लेखक साहित्यकारहरू र अन्य स्वतन्त्र लेखक साहित्यकारहरूले आपसी छलफलको आधारमा प्रलेसको विकल्प खडा गर्न जरुरी छ । त्यो छलफलमा म स्वयम पनि सहभागि बन्न तयार छु 


000

बलराम तिमिल्सिनाको फेसबुक वालबाट 

No comments:

Post a Comment