Wednesday, April 3, 2019

समयका आँखामा प्रलेस - डा. पुुष्करराज भट्ट

विशेषताः इलाममा भएको राष्ट्रिय परिषदको बैठक, रुम्जाटारमा भएको केन्द्रीय समितिको बैठक महत्वपूर्ण छन् । इलाममा भएको बैठकमा देशका विभिन्न ठाउँका स्रष्टाले सक्रिय रुपमा भाग लिए । सहिद रत्न बान्तवाको जन्मस्थलमा भएको यस बैठकले पूर्व र पश्चिमका स्रष्टालाई जोडने काम गर्यो भने अर्कोतिर संगठनको जीवनमा महत्वपूर्ण निर्णय गर्यो । प्रलेसको संगठनलाई सक्रिय बनाउने, उर्जा थप्ने र गतिशील बनाउन केन्द्रको टिम लागिरह्यो ।
आरम्भः प्रगतिशील लेखक संघले आजको दिनसम्म आइपुुग्दा साढे छ दशकको यात्रा पार गरिसकेको छ । २००९ सालमा श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापना भएको यो संस्थाले आजको दिनसम्म आइपुुग्दा विभिन्न उतारचढाव पार गरिसकेको छ । आज हामी प्रगतिशील लेखक संघको एघारौं राष्ट्रिय सम्मेलनको संघारमा छौं ।
देशभरिका देशभक्त, प्रगतिशील र वामपन्थी सर्जकलाई आफ्नो संगठनको वरिपरि गोलबन्द पारेको छ । मुुलुुकको एक सशक्त, जुुझारु र प्रतिरोधी चेतनाको वाहक संगठनको रूपमा आफ्नो परिचय स्थापना गरेको छ । यसले मुुलुुकको वामपन्थी धारको लेखनको मूूलधारको प्रतिनिधित्व गरेको छ र नेतृत्व प्रदान गरिरहेको छ । यस लेखमा मूूलतः प्रगतिशील लेखक संघको यात्रा, यसका उतारचढाव र वर्तमानमा यसले बोकेको कार्यदिशा र यसको अगामी बाटोका बारेमा आफ्ना केही दृष्टिकोण प्रस्तुुत गरेको छुु ।
प्रलेसको विगत
प्रगतिशील लेखक संघ, नेपाल नेपालको एक सशक्त साहित्यिक संस्था हो अझ यसमा पनि नेपालको वामपन्थी, देशभक्त र प्रगतिशील लेखकहरूको साझा मोर्चा संगठन हो । यस संगठनमा विभिन्न वामपन्थी राजनीतिक संगठनमा आबद्ध लेखकका साथै स्वतन्त्र रूपले नेपालको प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनमा योगदान दिइरहेका धेरै लेखक, सांस्कृतिककर्मी योगदान रहेको छ । प्रलेसले विगतमा प्रगतिगमन विरोधी आन्दोलनको नेतृत्व गर्नाका साथै गणतन्त्र स्थापनाका लागि सडकमा ओर्लेर आफ्नो आवाज उठाएको छ ।
यसले सिर्जना अनि संगठनका माध्यमबाट देशभर सामाजिक मुुक्ति र न्यायको पक्षमा आफ््नो आवाज उठाउँदै आएको छ । नेपालको साहित्यिक सांस्कृतिक क्षेत्रमा काम गरेका महत्वपूूर्ण प्रतिभाले यसमा योगदान दिइसकेको सन्दर्भमा यसको ऐतिहासिक विरासत गर्विलो छ र वर्तमानमा पनि सिर्जना र संगठनका माध्यमबाट यसले आफ्नो गरिमा स्थापित गरिसकेको यथार्थ हाम्रा सामुुन्ने छ । यसै सन्दर्भमा प्रलेस नेपालको एघारौँ राष्ट्रिय सम्मेलनले यस संगठनको भावी कार्यदिशा तय गर्ने र नयाँ नेतृत्वसमेत निर्माण गर्नेछ ।
दशौँ राष्ट्रिय सम्मेलनपछिको प्रगतिशील लेखक संघ
प्रगतिशील लेखक संघको दशौँ राष्ट्रिय सम्मेलन ०७२ चैत्रमा काठमाडौंमा सम्पन्न भएपछिका दिनको प्रलेस केन्द्रीय समिति अहिले क्रियाशील रहेको छ । सम्मेलनपछिका दिनमा यसले के कस्ता काम ग¥यो, आफ्ना गतिविधिलाई के कसरी अघि बढायो र आजको दिनसम्म आइपुुग्दा यसले आफूूलाई कहाँ उभ्याएको छ भन्ने सवाल अहिलेको प्रलेसको मूूल्यांकनको सवाल हो । दशौँ राष्ट्रिय सम्मेलनपछिको प्रलेसले आफ्नो स्पष्ट कार्यदिशासहित आफ्ना कार्यक्रम लागू ग¥यो र क्रियाशील भयो ।
यसै सन्दर्भमा विभिन्न विभाग निर्माण गरेर कामलाई मसिनो रूपमा विभाजन ग¥यो । प्रगतिशील लेखक संघ केन्द्रको आयोजनामा प्रलेस परिसंवाद कार्यक्रमका लागि जिम्मेवारी तोक्यो र अन्य सांगठनिक कामलाई समेत अघि बढायो । यस कार्यकालमा देशका विभिन्न ठाउँमा महत्वपूूर्ण गोष्ठी आयोजना गरिए । प्रलेसका स्थानिय कमिटी र स्थानिय कमिटीको सहकार्यमा भएको गोष्ठीले स्थानीय संगठन र केन्द्रलाई जोडने काम ग¥यो । यसै सन्दर्भमा भक्तपुुर, बनेपा, सिन्धुुपाल्चोक, पोखरा, हेटौडा, विराटनगर, सोलखुुम्बुु, झापा लगायतका ठाउँमा भएका गोष्ठी महत्वपूूर्ण छन् । यी गोष्ठीमा मुुलुुकका विशिष्ट विद्ववानले आफ्ना विचार, दृष्टिकोण र कार्यपत्र प्रस्तुुत गरे र सहभागीले आफूूलाई सक्रिय रूपमा सहभागी जनाए ।
सरकारले गरेका गलग नीति निर्णयका विरुद्धमा आफ्नो विरोध सार्वजनिक गरेको छ । साहित्य, संस्कृतिका क्षेत्रमा रहेका गलत प्रवृत्ति र पात्रका विरुद्ध आवाज उठाएको छ । यो संस्था निरपेक्ष रुपमा कसैको समर्थन र विरोध गर्दैन । यसमा वर्तमानमा सरकारमा रहेका पार्टीका मानिस पनि छौँ । यसको अर्थ प्रलेसलाई सरकारवादी भन्नु दिउँसै रात पार्नु हो 
दशौं राष्ट्रिय सम्मेलनपछिको केन्द्रिय समितिले गरेको महत्वपूूर्ण कार्य भनेको प्रलेस परिसंवाद कार्यक्रमको आयोजना हो । यो कार्यक्रम ०७३ पुुस १ बाट कार्यक्रम प्रारम्भ गरियो र ०७५ फाल्गुुन ३ गते यसको समापन गरियो । यसै क्रममा २४ जना मूूल वक्ता र सयौँ मानिसले परिसम्वादमा आफ्नो धारणा राख्ने कार्य गर्नुभयो । कार्यक्रममा ०७३ पुुस १ गते भएको कार्यक्रममा पहिलोपटक भारतीय लेखिका महाश्वेता देवीको जीवन र कर्मका बारेमा चर्चा गरियो । त्यस कार्यक्रमका प्रमुुख वक्ताका रूपमा लेखक, पत्रकार राजेन्द्र महर्जन हुुनुुहुुन्थ्यो भने अन्तिम कार्यक्रम ०७३ फागुुन ३ गते सम्पन्न गरियो । यस कार्यक्रमका वक्ताका रूपमा ईश्वरचन्द्र ज्ञवाली र शोभा दुुलाल हुुनुुहुुन्थ्यो । यस कार्यक्रममा उहाँहरूले प्रलेसको आन्तरिक जीवन र यसको भावी दिशाका बारेमा आफूू र आफूू सम्बद्ध सांस्कृतिक मोर्चाका धारणा राख्नुुभएको थियो ।
प्रलेस परिसंवादमा विगतमा नेपाल र विश्वको प्रगतिवादी आन्दोलनमा विशिष्ट योगदान दिने स्रष्टाको जीवन र कर्मका सम्बन्धमा भएका कार्यक्रम उत्साहजनक रहे । यस किसिमका कार्यक्रममा महाश्वेता देवीको योगदानमा राजेन्द्र महर्जन, हृदयचन्द्रको योगदानमा श्यामल, पुुष्पलालका योगदानमा लोकनारायण सुुवेदी, युुद्धप्रसाद मिश्रका योगदानमा वासुुदेव अधिकारी, घनश्याम ढकालका योगदानमा डा. अमर गिरी, कृष्णसेन इच्छुुकका योगदानमा प्रा.डा. गोपीन्द्र पौडेल, रूपचन्द्र बिष्टका योगदानमा श्याम श्रेष्ठ, पदमरत्न तुुलाधरको योगदानमा डा. चुुन्दा बज्राचार्यले आफ्ना सारगर्भित विचार राख्नुुभयो ।
यसरी प्रलेस परिसम्वादका आठ कार्यक्रममा स्रष्टा र तिनको योगदानमा केन्द्रित भए । यी कार्यक्रमले पछिल्लो पुुस्तालाई अघिल्लो पुुस्ताको योगदान, जीवनकर्म, त्याग र त्यसले निर्माण गरेको वैचारिक एवं सांस्कृतिक विरासतको बारेमा थाहा पाउने मौका मिल्यो । आफ्ना अग्रजलाई सम्झने, उहाँहरूको योगदानको स्मरण गर्ने र त्यसका आधारमा भावी दिशा र कार्यक्रम तय गर्ने सम्बन्धमा यी कार्यक्रमले सार्थक परिणाम निकालेको सन्दर्भ यहाँ उल्लेख गर्नुु उचित हुुन्छ ।
प्रलेस परिसंवादको क्रममा साहित्यिक विधासँग सम्बन्धित रहेरसमेत कार्यक्रम गरियो । यसरी गरिएका कार्यक्रममा नेपाली कवितामा आधुुनिकता विषयमा डा. रामप्रसाद ज्ञवाली, प्रगतिशील उपन्यास लेखनका चुुनौती विषयमा नारायण ढकाल, नेपाली कथा लेखनका चुुनौती विषयमा डा. ऋषिराज बराल, नेपाली लोकसाहित्यमा प्रगतिशीलता विषयमा मनोहर लामिछाने, नेपाली गजलमा प्रगतिवाद विषयमा प्राडा. घनश्याम न्यौपाने, प्रगतिशील दृष्टिमा सर्वाल्टन विषयमा प्राडा. ताराकान्त पाण्डेय, प्रगतिशील साहित्यमा महिला स्रष्टा विषयमा सीता शर्माले प्रमुुख वक्ताका रूपमा आफ्ना विचार राख्नुुभयो ।
यसरी यस कार्यकालमा प्रलेस परिसंवादका क्रममा सात कार्यक्रम साहित्यिक विधा, विधासँग सम्बन्धित सिद्धान्त एवं एक कार्यक्रम नारी स्रष्टाका योगदानमा केन्द्रित रहे । प्रलेस परिसंवादमा लोकतान्त्रिक स्रष्टा आन्दोलन र यसको महत्वका विषयमा समेत कार्यक्रम गरियो । जनआन्दोलनमा स्रष्टाको भूूमिका चैत ३ र चैत ३० का सम्बन्धमा हरिगोविन्द लुुईँटेलले प्रमुुख वक्ताका रूपमा आफ्ना दृष्टिकोण राख्ने काम गर्नुुभयो । यस कार्यकालमा दार्शनिक चिन्तनका विषयमा दुुई कार्यक्रम गरियो ।
यी कार्यक्रममा मुुरारी अर्यालले प्राचीन नेपालमा गणतन्त्रको अभ्यास विषयमा आफ्ना विचार राख्नुुभयो । यो कार्यक्रम अत्यन्त प्रभावकारी भएको थियो । यसरी नै पूूर्वीय दर्शनमा भौतिकवाद विषयमा गोपीरमण उपाध्यायले प्रमुुख वक्ताका रूपमा विचार प्रस्तुत गर्नुुभयो । यस कार्यकालमा तीन कार्यक्रम प्रलेसको आन्तरिक जीवनमा केन्द्रित रहे ।
यसपटकको कार्यकालमा देशका विभिन्न ठाउँमा संगठनका बैठकहरू छलफल भए । विशेषतः इलाममा भएको राष्ट्रिय परिषद्को बैठक, रुम्जाटारमा भएका केन्द्रीय समितिको बैठक महत्वपूूर्ण छन् । इलाममा भएको बैठकमा देशका विभिन्न ठाउँका स्रष्टाले सक्रिय रूपमा भाग लिए । सहिद रत्न बान्तवाको जन्मस्थलमा भएको यस बैठकले पूूर्व र पश्चिमका स्रष्टालाई जोडने काम ग¥यो भने अर्कोतिर संगठनको जीवनका महत्वपूूर्ण निर्णय ग¥यो । प्रलेसको संगठनलाई सक्रिय बनाउने, उर्जा थप्ने र गतिशील बनाउन केन्द्रको टिम लागिरह्यो ।
ओखलढुुंगाको रुम्जाटारमा भएको केन्द्रीय समितिको बैठक समेत उल्लेखनीय रह्यो । यस बैठकसँग साहित्यिक गोष्ठी पनि सम्पन्न गरियो । यस क्रममा विभिन्न कार्यपत्र प्रस्तुुत गर्ने, टिप्पणी गर्ने कार्य गरिए भने त्यसको साथै त्यहाँ गरिएको साहित्यिक गोष्ठी पनि राम्रो थियो । यसबाहेक पनि विभिन्न ठाउँमा भएका गोष्ठी, छलफल र बैठकले संगठनलाई काठमाडौंको दायराबाट बाहिर लग्ने काम ग¥यो । काठमाडौं बाहिरको नेपाललाई चिन्ने र त्यहाँका प्रतिभालाई उजागर गर्ने कामसमेत भयो ।
दशौँ राष्ट्रिय सम्मेलनपछिको केन्द्रीय समितिले देशका विभिन्न विभिन्न ठाउँमा साहित्यिक एवं बौद्धिक क्रियाकलापका माध्यमबाट आफ्ना गतिविधिलाई अघि बढायो भने अर्कोतिर यसले आफ्ना प्रकाशनका माध्यमबाट संगठनका धारणालाई राख्ने काम ग¥यो । यस अवधिमा प्रलेसका तीन अंक प्रकाशित भए । प्रलेसको बाइसौँ अंकमा प्रलेसको दशौँ राष्ट्रिय सम्मलेन, यस सम्मेलनले पारित गरेका प्रतिवेदन एवम् विधानलाई राखियो भने अर्कोतिर सम्मेलन प्रतिनिधि एवम् केन्द्रीय निकाय, सल्लाहकारको सम्पर्क नम्बरसहित प्रकाशित गर्ने काम भयो ।
यसले संगठनभित्रको जीवन्त सम्बन्धलाई सुुचारु राख्न मद्दत ग¥यो । प्रलेसको तेइसौं अंक नारी स्रष्टा विशेष अंकका रूपमा प्रकाशित भयो । यसमा मुुलुुकको प्रगतिशील साहित्यिक आन्दोलनमा क्रियाशील महिला स्रष्टाका सिर्जना, समालोचना अन्तर्वार्ता प्रकाशित भए । यसले प्रलेस नारी स्रष्टा र तिनको सिर्जनालाई अघि ल्याउने कार्यमा आफ्नो तर्फबाट लागिरहेको स्पष्ट देखिन्छ ।
प्रलेसको चौबिसौं अंकमा यस कार्यकालमा प्रस्तुत भएका कार्यपत्र एवम् गोष्ठीपत्र समावेश गरिएको छ । यसबाहेक संगठनको कार्यदिशा र समसामयिक विषयमा संगठनका जिम्मेवार साथीका लेखसमेत प्रकाशन हुन गइरहेको छ । दशौं राष्ट्रिय सम्मेलनमा देशमा पैंतिस जिल्लाबाट प्रतिनिधित्व भएको थियो । आज आएर देशका साठी जति जिल्लामा संगठन निर्माण भइसकेको छ, सातवटै प्रदेशमा प्रदेश सम्मेलनबाट नयाँ समितिको निर्माण भइसकेको छ । यसर्थमा संगठनको आकार व्यापक भइसकेको छ ।
दशौँ राष्ट्रिय सम्मेलनपछिका संगठनविरोधी गतिविधि र अराजकता
प्रगतिशील लेखक संघको दशौँ राष्ट्रिय सम्मेलनदेखि नै एकपक्ष अहिलेको नेतृत्वमाथि पुुर्वाग्रह लिएर बस्यो । दशौँक राष्ट्रिय सम्मेलनमा आफ्ना प्रतिनिधित्व गर्ने मानिस पठाउँदा पनि कमजोर मानिस पठाउने काम भयो । सम्मेलनले निर्वाचित गर्ने अध्यक्ष कमजोर भएको निष्कर्षसहित आफ्नो संगठनका मुुख्य मानिस नपठाएर जुुनियर सदस्यलाई पठाउने काम भयो । यसै क्रममा विभिन्न समयमा अहिलेको नेतृत्वको क्षमतामाथि प्रश्न उठाउनेसमेत काम गरियो ।
यसै क्रममा वरिष्ठ उपाध्यक्षको कार्यकालभरिको निस्क्रियता र कोषाध्यक्षको राजीनामा आयो । यसभन्दा पछि उक्त संगठनले आफूू सम्बद्ध केन्द्रीय निकायका मानिसलाई संगठनको गतिविधिमा नलाग्न गोप्य सर्कूूलर जारी ग¥यो । काममा नआउने र बाहिर पत्रपत्रिकामा विभिन्न किसिमले संगठनको विरोधमा लाग्ने प्रवृत्ति हावी भयो । प्रलेसको विकल्पमा अर्को संगठन निर्माण गर्नका लागि भेला, बैठक भए तर विभिन्न व्यक्ति वा समूहको स्वार्थ नमिल्दा त्यो कुुरा तत्काल सम्भव भएन ।
दशौँ राष्ट्रिय सम्मेलनपछि निर्वाचित अध्यक्ष जुुन सांस्कृतिक संगठनको सिफारिशमा निर्वाचित हुनुुभएको थियो, त्यही संगठनका केही मानिसले संगठनको काममा नआउने, असहयोग गर्न थाले । संगठनको प्रारम्भमा एकाध बैठकमा आए पनि पछिल्लो समयमा पूूर्णतः निस्क्रियता र असहयोग जारी रह्यो ।
संगठनका विरोधमा पत्रपत्रिकामा विरोध गर्ने, संगठनको नेतृत्वलाई खुुइल्याउने र वैचारिक विमति रहेको भनेर प्रचारबाजी गर्ने कार्य भयो । अझ देशका प्रमुख वामपार्टीको मिलन र दुुईतिहाइको सरकार गठनपछि त्यसमा विमति देखाउँदै प्रलेसमाथि प्रहार गर्ने काम भयो । प्रलेसको अस्तित्वमाथि प्रश्न उठाउँदै सार्वजनिक बहस कार्यक्रमसमेत गरियो । पछिल्लो समयमा प्रलेसका विरोधमा रहेका विभिन्न व्यक्ति र समूूह एकगठ भएर यस संगठनमाथि प्रहार गर्ने र वैकल्पिक संगठन निर्माण गर्ने भनेर संगठनबाट बाहिरिने काम भएको छ ।
प्रलेसमाथि लगाइएका आरोप सम्बन्धमा
वर्तमानमा रहेको प्रलेसको नेतृत्वमाथि केही प्रश्न उठाइएका छन् । यी प्रश्न मनोगत र आत्मकेन्द्रित छन् । यसमा पुुर्वाग्रह अनि संकीर्णता छ । प्रलेसमाथि लगाइएका आरोपमा प्रलेस सरकारवादी भएको, फरक विचारको सम्मान नगरेको, मातृभाषाको उपेक्षा गरेको, संगठनलाई समावेशी बनाउन नसकेको, निश्चित जातिको पेवा भएको, वैचारिक स्खलन भएको, संगठनले प्रतिरोधी चरित्र गुुमाएको आदि छन् । प्रगतिशील लेखक संघको दशौँ राष्ट्रिय सम्मेलनले पारित गरेको प्रतिवेदन र विधानलाई मानेर कमिटीमा आएका मानिसले त्यसयता प्रतिवेदन र विधानमा कहाँ परिवर्तन भएको देख्नुुभयो ? यसमा कुुनै परिवर्तन आएको छैन ।
संगठनको एघारौं राष्ट्रिय सम्मेलनमा आइपुुग्दा वर्तमान नेपाली समाजको विश्लेषणसँग केन्द्रित भएर, संगठनको कार्यदिशासँग सम्बन्धित भएर, यसको संगठनात्मक स्वरूप, यसको भावी कार्यदिशाका बारेमा केही प्रस्ताव आउँछन, यसको टुुंगो राष्ट्रिय सम्मेलनले लगाउनेछ । प्रलेसमा सरकारमा रहेको संगठन वा पार्टीमा रहेका मानिस पनि छौँ, यसमा सरकारइतर विचारका सांस्कृतिक संगठनमा रहेका मानिस पनि छौं । नेकपा (मसाल), नेकपा, नेकपा (माले), नेकपा (क्रान्तिकारी माओवादी) लगायतका पार्टी सम्बद्ध साथीहरू पनि यसैमा हुनुुहुुहन्छ ।
प्रलेसमा अहिले सरकारमा रहेको पार्टीका, सडकमा रहेका पार्टीका र सरकारले प्रतिबन्ध लगाएको संगठनका मानिस पनि छौँ । यी सब एकसाथ सरकारवादी कसरी भए ? जवाफ दिन सक्नुुपर्छ । प्रलेस साझा मोर्चा संगठन हो । यसमा सामूूहिक छलफल गरेर मात्र निर्णय गरिन्छ । यसमा आबद्ध कुनै पनि सांस्कृतिक संगठनले आपत्ति जनाउने बितिकै संगठनको निर्णय बन्दैन । प्रलेसको कुन बैठकको कुुन निर्णय सरकारवादी निर्णय निर्णय गर्यो ? यो बताउन सक्नुुपर्यो । हामी छलफलका लागि तयार छौँ । हिजोका दिनमा सरकारबाट मोटो रकम लिएर आफूू सम्बद्ध संस्थाको भव्य महल खडा गर्ने, विभिन्न किसिमले सरकारी र गैरसरकारी संस्थाबाट सहयोग लिनेहरूले हामीलाई सरकारवादीको आरोप लगाउनुुको कुनै तुुक छैन ।
संगठन र संगठनको नेतृत्वलाई खुुइल्याउनेलाई हामीले कुनै स्पष्टिकरण सोधेनौँ, कारवाही पनि गरेनौं । आफै संगठनको काममा निस्क्रिय हुुने, विभिन्न पुुँजीवादी संस्थाबाट आयोजना गरिने साहित्यिक महोत्सवमा सहभागी हुने प्रलेसका लागि समय दिन नसक्ने, विभिन्न निजी क्षेत्रका अखबार एवं अनलाइन मिडियामा संगठनका जिम्मेवार पदाधिकारीको नामै तोकेर गालीगलौज गर्नेलाई पनि केही गरेनौँ । यो हाम्रो कमजोरी हो । यही कमजोरीको लाभ उठाउँदै मानिसहरू आज संगठनको नेतृत्वमाथि झनझन आरोप लगाइरहेका छन् ।
कुनै पनि संगठनले आफ्ना नेतृत्व तहमा विभिन्न भूगोल, जाति र क्षेत्र र संस्कृतिको पहिचान बोकेका मानिसलाई जिम्मेवारी दिन्छ । प्रलेसपनि यसै अनुुसार आफ्ना सदस्यहरूलाई जिम्मेवारी प्रदान गर्दछ । सामाजिक विकासको चरणमा विकसित भएको क्षेत्रका मानिस, जाति र सांस्कृतिक समुदायका मानिस बढी हुनुु स्वभाविक हो । यसको अर्थ सँधैभरि यिनै व्यक्ति मात्र हुनुुपर्छ भन्ने होइन । हामीले क्रमशः संगठनमा विभिन्न जाति, समुदायका व्यक्तिलाई स्थान दिने कार्य गरेका छौँ र यो कार्य भोलिका दिनमा पनि जारी रहन्छ । नेपाली समाज बहुुसांस्कृतिक समाज हो । नेपाली समाजमा विभिन्न जातजाति, भाषाभाषीका मानिस छन् । प्रगतिशील लेखक संघमा पनि बहुुसांस्कृतिक समाजको प्रतिबिम्ब छ ।
यसको नेतृत्व तहमा नै नेपाली भाषाइतर मातृभाषा भएका मानिस हुुनुुहुुन्छ । यो पंक्तिकार स्वयं नेपाली भाषाइतर समूूदायको प्रतिनिधित्व गर्दछ । गोरखापत्रमा डोटेली पेजको संयोजकको रूपमा कार्य गरिरहेको छ । सुुदूूर पश्चिमको मातृभाषाको साहित्यमा अनुुसन्धानसम्बन्धी पुुस्तक नै आइसकेको छ । यसबाहेक प्रलेसमा आबद्ध विभिन्न कमिटीमा आबद्ध साथीहरू गोरखापत्रको बहुुभाषिक पेज चलाइरहनुुभएको छ । संस्थामा आबद्ध साथीहरू नेपालको मातृभाषा आन्दोलनका क्षेत्रमा काम गरिरहनुु भएको छ । दशौँ राष्ट्रिय सम्मेलनपछि गठन भएको केन्द्रीय समितिले मातृभाषा विभागको जिम्मा लिएका मानिस आफैले जिम्मेवारी पुूरा नगर्ने र आरोपित गर्नुु उदेकलाग्दो विषय हो ।
प्रगतिशील लेखक संघमाथि लगाइएको एक गम्भीर आरोप यस संस्थामा विचार समाप्त भएको एवं संगठनको प्रतिरोधी चरित्र समाप्त भएको भन्ने पनि छ । जहाँसम्म विचारको कुुरा हो, प्रलेस देशका वामपन्थी, देशभक्त र जनवादी लेखकहरूको साझा मोर्चा संगठन हो । यसले माक्र्सवादी चेतनाको आलोकमा नेपालको प्रगतिशील सांस्कृतिक साहित्यिक संगठनको रूपमा आफ्नो क्रियाशीलता देखाउँदै आएको छ । यसमा विभिन्न वाम विचारधाराका लेखक भएको, साझा सहमतिका आधारमा संगठनको नीति र नेतृत्व चयन गर्दै आएको छ ।
कुुनै निश्चित व्यक्ति वा समूूहको आग्रहका आधारमा यसले आफ्नो दृष्टिकोण निर्माण गर्दैन । यसमा आएर मैले खोजेको कुुरा मात्र हुुुनुुपर्छ भन्नुु सबैभन्दा ठूूलो मुुर्खता हो । प्रगतिशील लेखक संघको इतिहासमा सबैभन्दा बढी बौद्धिक, वैचारिक कार्यक्रम गर्ने केन्द्रीय समिति यही हो । यो संगठनमा विचार छैन भन्नेहरूले संगठनमा रहँदाबस्दा के कति वैचारिक, सांगठनिक काम गरे र आफ्नो जिम्मेवारी पुूरा गरेँ ? प्रश्न उनीहरूतर्फ नै फर्किन्छ । प्रलेसले तय गरेका नीति, नियम र संगठनका कार्यक्रममाथि औँला उठाउनेहरू व्यक्तिगत अवसरवादबाट ग्रसित छन् । उनीहरू वामपन्थी विचार विरोधी मिडियाहाउसमा काम गर्छन, प्रतिपक्षी विचारको वाहक बन्छन्, पूुँजीवादी सांस्कृतिक महोत्सवका मूूल प्रवक्ता बन्छन् अनि प्रगतिशील लेखक संघमाथि औंला ठड्याउँछन् ।
प्रगतिशील लेखक संघ मुुलुुकका आलोचनात्मक चेत भएका सशक्त लेखकहरूको संगठन हो । यस संगठनमा नेपाली साहित्य एवं संस्कृतिका क्षेत्रमा महत्वपूूर्ण योगदान दिने स्रष्टाको योगदान रहेको छ । यस संगठनमा विभिन्न विषय एवं विधाका विशेषज्ञको ठूूलो फौज छ । सिर्जना र समालोचनाका क्षेत्रमा आफ्नो फरक, मौलिक पहिचान बनाइसकेको स्रष्टाका कारण यस संगठनले आफ््नो प्रतिष्ठा निर्माण गरिसकेको छ । निजी क्षेत्रका सञ्चारमाध्यममा नआउँदैमा सिर्जनात्मक चेत नहुने होइन । आफ्नो सिर्जनाका कारण नेपाली साहित्यमा स्थापित लेखकका कारण यो संस्थाले गौरवान्वित हुने मौका पाएको छ ।
संगठनले विभिन्न स्रष्टाको राज्यपक्ष वा अन्य विद्रोही पक्षबाट हुने गरेका गिरफ्तारी, दमन र यातनाका विरुद्धमा आवाज उठाएको छ । सरकारले गरेका गलत नीति, निर्णयका विरुद्धमा आफ्नो विरोध सार्वजनिक गरेको छ । साहित्य, संस्कृतिका क्षेत्रमा रहेका गलत प्रवृत्ति र पात्रका विरुद्ध आवाज उठाएको छ । यो संस्था निरपेक्ष रूपमा कसैको समर्थन र विरोध गर्दैन । यसमा वर्तमानमा सरकारमा रहेका पार्टीका मानिस पनि छौँ । यस अर्थमा प्रलेसलाई सरकारवादी भन्नुु दिउँसै रात पार्नुु हो । संगठनका गतिविधि, क्रियाकलापले, यसमा आबद्ध स्रष्टाका गतिविधि एवं कार्यले कहाँनेर सत्ताको पक्षपोषण ग¥यो ? कहाँनेर यसले सत्ताको भजन गायो ? कहाँनेर आलोचनात्मक चेत गुुमायो ? भन्नसक्ने आँट हुुनुुपर्दछ ।
आफ्नै निस्क्रियता, गतिहिनता र विचारशून्यताले गर्दा आग्रह पालेर बसेकाले नयाँ जीवन, नयाँ संस्कृतिको निमार्ण गर्दैनन । नयाँ जीवनले जब मात्र गति पाउँछ जब चिन्तनमा, गतिमा सकारात्मक चेत आउँछ । नकारात्मकता मात्र देख्नेले सकारात्मकता खोज्ने आँखा लिएर संसारमा उभिनुुपर्छ । नेपाली समाजको रूपान्तरणको चेत सहित आउने जोकोही व्यक्ति, समूूह वा संगठनसँग प्रलेस नेपाल सहकार्य गर्न तयार छ ।
अन्त्यमा
अहिले हामी प्रगतिशील लेखक संघको एघारौँ राष्ट्रिय सम्मेलनको संघारमा छौँ । संगठन देशका साठीभन्दा बढी जिल्लामा पुुगिसकेको छ । यसले देशभरमा व्यापक उत्साह आएको छ र इलामदेखि दार्चुुलासम्म रहेका प्रलेसका जिल्ला शाखा, प्रदेश कमिटी र केन्द्रीय कमिटीमा रहेका सबै साथीहरू, शुुभचिन्तक सबै काममा खटिरहनुुभएको छ । यसर्थमा यो सम्मेलनले विशिष्ट अर्थ राख्दछ ।
यस सम्मेलनले संगठनको नीतिका क्षेत्रमा, संगठनका क्षेत्रमा र भावी दिनमा लिने कार्यक्रमका सम्बन्धमा व्यापक छलफल गर्ने र त्यसलाई पारित गरेर नेपालको साहित्यिक–सांस्कृतिक क्षेत्रमा गौरवमय इतिहास कायम गर्नेछ । यतिखेर म सम्मेलनको सफलताको लागि लागिपर्ने देशभरिका सहयोद्धा साथीहरूलाई सम्झिरहेको छुु । अहिलेको युुगको प्रलेस निर्माणका लागि लागिपर्नेहरू सबैलाई हार्दिक शुुभकामना छ ।
www.souryaonline.com बाट 

No comments:

Post a Comment