Wednesday, May 11, 2016

प्रगतिशील साहित्यिक आन्दोलनमा प्रलेस- डा. अमर गिरी

प्रगतिशील लेखक संघ ऐतिहासिक संस्था हो । २००९ मा साहित्यकार श्यामप्रसाद शर्माको अगुवाइमा यसको स्थापना भएको थियो । पञ्चायती कालखण्डमा यो त्यति सक्रिय हुन सकेन । ०३६ सालदेखि यो पुनः सक्रिय हुन आरम्भ ग¥यो । त्यसबेलादेखि अहिलेसम्म प्रलेस एक सक्रिय संस्थाका रूपमा रहिआएको छ ।
प्रगतिशील साहित्यको उन्नयन गर्ने दृष्टिले यस संस्थाको स्थापना भएको थियो । ६ दशकको आफ्नो इतिहासमा प्रलेस आफ्नो उद्देश्यमा सफल रहेको छ । विचारधारात्मक रूपमा प्रगतिशील साहित्यलाई सुदृढ गर्न, प्रतिधु्रवीय साहित्यसँग वैचारिक संघर्ष चलाउन र वैचारिक आन्दोलनलाई अघि बढाउन यसले महŒवपूर्ण योगदान पु¥याएको छ । समकालीन कालखण्डमा अनेकन रूपका उत्तरआधुनिकतावादी विचारविरुद्ध यसले चलाएको संघर्ष अझ महŒवपूर्ण रहेको छ । प्रगतिशील साहित्यिक प्रतिभाहरूको विकास गर्न, उनीहरूको प्रतिभालाई माझ्न, उनीहरूको सृजनात्मक सामथ्र्यलाई समृद्ध गर्न पनि प्रगतिशील लेखक संघले महŒवपूर्ण योगदान दिएको छ । मुलुकभरिका प्रगतिशील स्रष्टाहरूलाई संगठित गर्ने दिशामा यसले पु¥याएको योगदान अत्यन्त महŒवपूर्ण रहेको छ । यसरी प्रलेसले विचार, सृजना र संगठनका क्षेत्रमा उल्लेखनीय भूमिका सम्पादन गर्दै आएको छ । प्रलेसको योगदानको मूल्यांकन गर्दा नेपालमा सामन्तवाद, साम्राज्यवादका विरुद्ध चलेका विभिन्न आन्दोलनमा यसले दिएको योगदानलाई पनि सम्झनुपर्छ । नेपालमा आमूल परिवर्तनका निम्ति चलेका संघर्षहरूमा यसले आफूलाई अग्रपङ्क्तिमा उभ्याउँदै आएको छ । आमूल परिवर्तनका निम्ति संघर्षरत रहँदा यस संस्थासँग सम्बद्ध सयौँ स्रष्टाले अकथनीय शारीरिक एवं मानसिक यन्त्रणा खप्नुपरेको छ ।
प्रगतिशील लेखक संघ प्रगतिशील स्रष्टाहरूको साझा मोर्चा हो । यसमा वाम पार्टीहरूसँग सम्बद्ध तथा स्वतन्त्र प्रगतिशील स्रष्टाहरू रहँदै आएका छन् । आरम्भमा यो संयुक्त मोर्चाका रूपमा थिएन । नेपालको वामपन्थी आन्दोलन अविभाजित रहेकाले यसको आवश्यकता पनि थिएन । ०३६ सालदेखि यो प्रगतिशील स्रष्टाहरूको साझा मोर्चाका रूपमा रहँदै आएको छ । यसमा प्रायः नेपालमा रहेका सबै वामपन्थी पार्टीसँग सम्बद्ध स्रष्टाहरू रहेका
छन् । वामपन्थी पार्टीसँग सम्बद्ध नरहेका स्वतन्त्र प्रगतिशील स्रष्टाहरू पनि यस संस्थासँग जोडिएका छन् । यति लामो समयसम्म साझा मोर्चाका रूपमा रहनु यसको महŒवपूर्ण पक्ष हो । भारतमा कम्युनिस्ट आन्दोलनको विभाजनसँगै प्रगतिशील लेखक संघको विभाजन भएको थियो । भारतमा अहिले पनि प्रगतिशील लेखक संघ विभाजित अवस्थामै छ । नेपालको कम्युनिस्ट आन्दोलन विभाजित भए पनि प्रगतिशील लेखक संघलाई विभाजित हुन दिनु हुन्न भन्ने दृष्टिकोण सबै कम्युनिस्ट पार्टीमा पाइन्छ । प्रगतिशील स्रष्टाहरू यस दिशामा अझ बढी गम्भीर र सचेत छन् । पार्टी एवं स्रष्टाहरूमा रहेको यही गम्भीरता र सचेतताका कारण अहिलेसम्म प्रलेस विभाजित हुनबाट बचेको छ र आउँदा दिनहरूमा पनि बच्नेछ । साझा मोर्चाका रूपमा यसका आफ्ना सीमाहरू भने रहेका छन् । यसले आफ्नो कार्य सहमतिका आधारमा सम्पादन गर्नुपर्छ । असहमतिका विषयलाई सबैले आआफ्ना मञ्चमार्फत प्रस्तुत गर्छन् । कतिपय सैद्धान्तिक विषयहरू यसभित्र पर्छन् । साझा मोर्चा भएका कारण यसको सक्रियतामा बेलाबखत असर पर्छ । स्रष्टाहरू आफ्ना पार्टी निकटका साहित्यिक, सांस्कृतिक संगठनहरूमा बढी सक्रिय रहन्छन् । आर्थिक समस्याको सामना पनि यसले गर्दै आएको छ । यसका अतिरिक्त पनि यसले आफ्नो भूमिका सम्पादन गर्दै आएको छ र विचार, सृजना, संगठन र आन्दोलनका क्षेत्रमा महŒवपूर्ण योगदान दिएको छ । प्रगतिशील लेखक संघलाई यसको सीमाभित्र नै बुझ्नुपर्छ । यसको सीमालाई बुझिएन भने यसको मूल्यांकनमा समस्या जन्मन्छ । संस्थाको क्रियाशीलताको मूल्यांकन सापेक्षतामै गर्ने हो ।
प्रगतिशील लेखक संघको अति नै पार्टीकरण भयो भन्नेहरू पनि छन्, तर मलाई त्यस्तो लाग्दैन । यसमा सबै किसिमका प्रगतिशील स्रष्टा छन् । स्वतन्त्र प्रगतिशील स्रष्टाहरूले पनि यसको नेतृत्वमा बसेर काम गरेका छन् । अहिले पनि यसको केन्द्रीय तहमा कतिपय स्वतन्त्र बाम स्रष्टाहरू छन् । फेरि अलिअलि समस्या नै छैन, म त्यसो पनि भन्दिनँ, तर जुन रूपमा यसलाई उठाइन्छ, त्यस रूपमा समस्या भएको मलाई लाग्दैन । पार्टीकरणको नाममा प्रगतिशील लेखक संघको आलोचना एकथरी बाम लेखकहरूको गोरखधन्दा नै बनेको छ । यसमा तथ्य र तर्कभन्दा बढी कुण्ठा, आवेग र आक्रोश छ । यो कुण्ठा, आवेग र आक्रोश कतिपय बेलामा त प्रगतिशील लेखक संघमा रहेका स्रष्टाहरू स्रष्टाहरू नै होइनन्, यी पार्टीका कार्यकर्ता मात्र हुन् भन्ने तहसम्म पुग्छ । आफूलाई मूर्धन्य ठान्ने लेखकहरू नै तल्लो दर्जामा ओर्लेर यसो भन्छन् र जानेर हो वा नजानेर आफ्नै उपहास गर्छन् । राजनीतिक र संगठनात्मक रूपमा प्रतिबद्ध हुनु ‘अपराध’ होइन, जसरी स्वतन्त्र हुनु ‘अपराध’ होइन । न लेखन राजनीतिमुक्त हुन्छ, न स्रष्टा । धेरै उठाउनै नहुने विषयलाई उठाएर प्रगतिशील लेखक संघ र त्यस सम्बद्ध स्रष्टाहरू माथि प्रहार गरेको पाइन्छ । यो आलोचनाको अन्तर्यमा रचनात्मकता पाइन्न । रचनात्मक आलोचनालाई सधैँ स्वागत गर्नुपर्छ । प्रगतिशील लेखक संघलाई अझ रचनात्मक बनाउन गम्भीर सुझावहरू दिनु प्रगतिशील स्रष्टाहरूको दायित्व हो । ध्वंशात्मक आलोचनाको प्रगतिशील लेखक संघले प्रतिवाद गर्छ र गर्दै आएको छ ।
प्रगतिशील लेखक संघका अगाडि गम्भीर चुनौतीहरू छन् । यी चुनौतीहरूको सामनासँग प्रलेसको जीवन जोडिएको छ । मूलतः प्रगतिशील लेखक संघका अगाडि वैचारिक, सृजनात्मक र संगठनात्मक चुनौतीहरू छन् । प्रगतिशील साहित्यिक आन्दोलनमाथि एक वा अर्काे रूपमा वैचारिक आक्रमण भइरहेछ । आक्रमणका प्रत्यक्ष र परोक्ष रूपहरू छन् । एकातिर यसमाथि सिधै वैचारिक आक्रमण भइरहेछ अर्कातिर परोक्ष रूपमा यसलाई कमजोर बनाउने प्रयत्न भइरहेछ । उत्तरआधुनिकतावादी चिन्तनहरूको प्रभाव प्रगतिशील आन्दोलनमै देखिँदै छ । प्रगतिशील स्रष्टाहरूको विश्वास वर्ग, वर्गसंघर्षबाट हराउँदै छ । त्यसको ठाउँ जाति, लिंग, क्षेत्र आदिजस्ता पहिचानका श्रेणीहरूले लिँदै छन् । वर्ग परिधिमा धकेलिँदै छ, अन्य श्रेणीहरू केन्द्रमा आउँदै छन् । श्रेणीहरूको प्राथमिकीकरणको यस परिदृश्यले प्रगतिशील विचारमा आउँदै गरेको ह्रास वा परिवर्तनलाई देखाउँछ । शब्दलाई दिइने महŒव विचारसँग पनि जोडिन्छ । शब्दको विस्थापन विचारको विस्थापन पनि हो । माक्र्सवाद सबै किसिमका उत्पीडनको अन्त्य चाहन्छ भने फेरि जाति, लिंग क्षेत्रलाई वर्ग समानान्तर राखेर किन हेर्नुप¥यो ? यस रूपमा यसको व्याख्या किन गर्नुप¥यो ? यो पहिचानको राजनीतिको प्रभाव मात्र होइन, त्यसतर्फको झुकाव पनि हो । अझ दुःखद कुरा के हो भने यो सबै माक्र्सवादवादका नाममा हुँदै छ, सामाजिक न्याय, स्वतन्त्रता र समानताका नाममा हुँदै छ । पहिचानको राजनीतिको सबैभन्दा ठूलो कमजोरी विभेद र उत्पीडनलाई समाजको आर्थिक–भौतिक जीवन र वर्गसँग जोडेर नहेर्नु हो । यसलाई विशुद्ध सांस्कृतिक विषय बनाउनु हो । साम्राज्यवादले आज यसलाई आफ्ना हितहरूको रक्षा र माक्र्सवादको विखण्डनको उपकरणका रूपमा प्रयोग गरिरहेछ । यी र यस्ता विचारविरुद्ध प्रगतिशील लेखक संघले प्रभावकारी संघर्ष चलाउन सक्नुपर्छ । सार्थक सृजनाका निम्ति उपयुक्त वातावरण एवं सशक्त संगठनको निर्माण प्रगतिशील लेखक संघका अगाडि उपस्थिति अन्य चुनौतीहरू हुन् । वैचारिक रूपमा स्पष्ट, सांगठनिकरूपमा सशक्त र सृजनात्मक रूपमा सक्षम प्रगतिशील लेखक संघले नै प्रगतिशील साहित्यिक आन्दोलनलाई बलियो बनाउनेछ ।
आज प्रगतिशील लेखक संघको भूमिकालाई अझ प्रभावकारी बनाउन आवश्यक छ । हामी संक्रमणको घडीबाट गुज्रिँदै छौँ । प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै थप उपलब्धिका निम्ति अघि बढ्नु छ । नेपाली समाजको समग्र रूपान्तरण र नयाँ नेपालको निर्माण आजको दायित्व हो । यो कार्य त्यति सजिलो छैन । राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप भइरहेको छ, उपलब्धिलाई संस्थागत गर्ने दिशामा अनेकन अवरोधहरू छन्, नेपाली समाजलाई विखण्डन गर्ने प्रयासहरू भइरहेछन्, सांस्कृतिक राष्ट्रवादको नारा लगाइँदै छ र मुलुकलाई पछिल्तिर फर्काउन खोजिँदै छ । प्रगतिशील लेखक संघले यी सबैका विरुद्ध सशक्त संघर्ष गर्न सक्नुपर्छ । आजको यथार्थलाई ध्यान दिँदै प्रलेसले आफ्नो भूमिकालाई अघि बढाउनुपर्छ । प्रगतिशील लेखक संघले आफूलाई वैचारिक, सृजनात्मक एवं सांगठनिक रूपमा बलियो नबनाई यो कार्य सम्भव छैन ।
http://www.rajdhani.com बाट साभार 

No comments:

Post a Comment